खल्तिमा ३६ ग्राम ब्राउन सुगर राखेका पूर्ण थानकोटमा समातिए

खल्तिमा ३६ ग्राम ब्राउन सुगर राखेका पूर्ण थानकोटमा समातिए

लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख २३१४ नम्बरको यात्रुवाहक बस चेक जाँच गर्ने क्रममा बसमा सवार एक जना यात्रुलाई प्रहरीले लागुपदार्थसहित समातेको हो ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले झापा शिवताक्षी नगरपालिका ११ निवासी ३२ वर्षे पूर्णबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ब्राउन सुगर ३६ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ को कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू