आज निको हुनेभन्दा सङ्क्रमित धेरै

आज निको हुनेभन्दा सङ्क्रमित धेरै 

गएको २४ घण्टामा २५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पिसीआर परीक्षणमा १९ र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आज पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

टिप्पणीहरू