सरुवा हुनासाथ संकट

सरुवा हुनासाथ संकट

पोष्टिङ फेरिएर नयाँ ठाउँमा हाजिरमात्र के भएका थिए, लेफ्टिनेन्ट कर्णेल शिखर जबरा ठूलै लफडामा परेका छन् ।

शुक्रबार बिहान स्युचाटारस्थित घर र सैनिक मुख्यालयको वीच गाडी चलाउने क्रममा बिपरित  दिशाबाट आएको मोटरसाइकललाई जोगाउने उनको प्रयास सफल भएन । र, रविभवन,कालिमाटीमा मोटरसाइकल चालकले घटनास्थलमै ज्यान गुमाए ।

मोरङ,बेलबारी घर भएका २३ वर्षीय टीकाराम गेलालले उक्त दुर्घटनामा ज्यान गुमाएका हुन् ।

लमजुङस्थित नेपाली सेनाको श्रीजंग गणबाट भर्खरै काठमाण्डौ सरुवा भएका लेफ्टिनेन्ट कर्णेल जबराले गेलाल सवार मोटरसाइकल विपरित दिशाबाट गलत ट्र्याकमा हुइँकिएर आएको देख्नासाथ जोगाउने उद्देश्यले आफ्नो गाडी पनि विपरित दिशातर्फ मोडेका थिए ।

भिडियो साभार : देश सञ्चार

टिप्पणीहरू