सेनाको ‘अभ्यास हातेमालो ४’ सम्पन्न

सेनाको ‘अभ्यास हातेमालो ४’ सम्पन्न

नेपाली सेनाले आयोजना गरेको विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम ‘अभ्यास हातेमालो ४’ सम्पन्न भएको छ । कार्यक्रम थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यले नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेनाले सञ्चालन गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित अभ्यास/गतिविधि उपलब्धिमूलक रहेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्राकृतिक प्रकोपमा व्यवस्थापकीय चुनौतीका साथै सुरक्षा चुनौती समेत थपिने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने उल्लेख गर्नुभयो । कार्यक्रम हिजो र आज भएको हो ।

टिप्पणीहरू