एमालेका कारण संसद बैठक भोलि बिहानसम्म रोकियो

एमालेका कारण संसद बैठक भोलि बिहानसम्म रोकियो

नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ ।

आजको संसद बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठनको माग गरेपछि संसद बैठक अवरुद्ध भएको थियो ।

एमालेको उक्त मागका कारण प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

टिप्पणीहरू