आज संक्रमितभन्दा निको हुने धेरै

आज संक्रमितभन्दा निको हुने धेरै

गत २४ घण्टामा देशभर १२ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार तीन सय ४१ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् । हाल देशभर ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज कसैको मृत्यु भएको छैन ।

टिप्पणीहरू