‘प्रेमी’ का श्रीमती र छोरी कुट्ने मन्त्रीलाई कारवाही गरियोस् : दाङका महिला

‘प्रेमी’ का श्रीमती र छोरी कुट्ने मन्त्रीलाई कारवाही गरियोस् : दाङका महिला

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई कारबाहीको माग राख्दै दाङका महिलाले इलाका प्रहरी कार्यालय घेरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा धर्ना दिएका छन् ।

मन्त्री वलीविरुद्ध चर्को नाराबाजी गरेका उनीहरुले महिला र बालिकामाथि हातपात गर्ने मन्त्री वलीलाई तत्काल कारवाहीको माग राखेका हुन् । आज बिहान एउटी महिलामाथि हातपात गरेको अभियोगमा मन्त्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वलीले तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई हातपात गरेकी हुन् । मन्त्रीले हातपात गरेको खबरलगत्तै स्थानीयले बस्नेतको घरमै वलीलाई थुनेका थिए ।

टिप्पणीहरू