पार्टीमा गोली चल्दा तीन जना बिते

पार्टीमा गोली चल्दा तीन जना बिते

अमेरिकाको लसएञ्जलस सहरमा आयोजित एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीनको मृत्यु र चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

घाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । गोलीकाण्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीय र्याण्डी टाइसन छन् । मारिएका तेस्रो व्यक्तिको पहिचान हुन बाँकी छ ।

बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलीकाण्ड सार्वजनिक भएको हो । तर, किन र कसले आक्रमणको गरेको भन्नेबारे प्रहरीले केही बताएको छैन ।

टिप्पणीहरू