चितवनमा एमालेलाई गोलाप्रथाको साथ

चितवनमा एमालेलाई गोलाप्रथाको साथ

जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा गोलाप्रथाबाट नेकपा एमालेका नारायण अधिकारी निर्वाचित भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धन र एमालेको मत बराबर आएपछि गरिएको गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन् ।

योसँगै गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नेपाली काँग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका छन् । जिससको उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् । तर, उप्रमुखमा एमालेले उम्मेदवारी दर्ता गरेको थिएन ।

जिसस प्रमुख र सदस्यहरुको निम्ति आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।

टिप्पणीहरू