कैलालीमा १५ ग्रामबढी ब्राउनसुगर

कैलालीमा १५ ग्रामबढी ब्राउनसुगर

कैलालीमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका, ४ बस्ने २६ वर्षीय दिनेश ठकुल्ला र यमराज शाहीलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

सु.प.प्र.०१००१० प. ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले १५ ग्राम पाँच सय मिलिग्राम खैरो हिरोइन बोकेर ल्याएका थिए । मोटरसाइकलको पछाडि बस्ने शाहीले उक्त परिमाणको लागूऔषध झोलामा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय भजनीबाट खटेको गस्ती टोलीले शंका गरेर उनीहरुलाई चेकजाँच गरेको थियो । बरामद लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप कारवाहीको निम्ति अनुसन्धान गरिएको छ ।

टिप्पणीहरू