भारतमा नवविवाहित जोडीको हत्या, आशंका अनेकौं

भारतमा नवविवाहित जोडीको हत्या, आशंका अनेकौं

भारतको तमिलनाडु राज्यमा नवविवाहित जोडीको हत्या भएको छ । राज्यको कुम्बकोनम नजिकै हिजो साँझ एक अन्तरजातीय विवाह गरेका नवविवाहित जोडीको हत्या भएको हो ।

प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । तर उनले अर्कै पुरुषसँग विवाह गरेपछि घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

उनले विवाह गरेका पति अति पिछडिएको स्थानीय जातिको युवक रहेको बताइन्छ । प्रहरीले हत्याबारे अनुसन्धान थालेको छ ।

हत्या अभियोगमा बेहुलीका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।

टिप्पणीहरू