‘प्रेमी’ की श्रीमती कुट्ने भाउजू कमरेड पक्राउ

‘प्रेमी’ की श्रीमती कुट्ने भाउजू कमरेड पक्राउ

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान वाइसिएलका नेता तथा ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई घरमै पुगेर कुटपिट गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।‘तुलसीपुर उपमहानगरपालिका–५ स्थित सब्जिमण्डी नजिकैको घरमा गएर एक जना महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हामीले नियन्त्रणमा राखेका छौँ,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक रञ्जनबहादुर स्वाँरले भने, ‘घटनाबारे बुझिरहेका छौँ ।’

राज्यमन्त्री वली एकाबिहानै ‘प्रेमी’ बस्नेतसँग फेला परेपछि स्थानीयले घरभित्रै थुनेको अर्का एक स्थानीयले बताए । लगत्तै, प्रहरी घटनास्थलमा पुगेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बस्नेतकी श्रीमतीले राज्यमन्त्री विमलाले घरभित्र पसेर आफू र छोरीमाथि कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन् ।

यसअघि बस्नेत र वलीबीच प्रेम सम्बन्ध रहेको कुरो बाहिरिएको थियो । एमालेबाट प्रदेश सांसद विजयी उनी माओवादी केन्द्रकी नेतृ समेत हुन् ।

टिप्पणीहरू