चालक अनुमति पत्रमा वर्ग थपको आवेदन खुल्ला

चालक अनुमति पत्रमा वर्ग थपको आवेदन खुल्ला

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुल्ला गरेको छ । विभागले हिजो राति ९ बजेदेखि वर्ग थपको निम्ति अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको निम्ति नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इञ्जिनियर सन्तोष पोखरेलका अनुसार अब वर्ग थप गर्नसमेत अनलाइन आवेदन दिन सकिन्छ ।

टिप्पणीहरू