बालुवाटारमा राजनीतिक छलफल तारन्तार, भर्खरै सकियो प्रधानमन्त्री, प्रचण्ड र माधवको भेट

बालुवाटारमा राजनीतिक छलफल तारन्तार, भर्खरै सकियो प्रधानमन्त्री, प्रचण्ड र माधवको भेट

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ भेटवार्ता भएको छ ।

उहाँहरुबीच झण्डै सवा घण्टा भएको भेटवार्ता भर्खरै सकिएको हो । यसअघि अध्यक्ष माधव नेपाल हिजो बेलुकी पनि प्रधानमन्त्रीसँगको भेटघाटको निम्ति त्यहाँ पुग्नुभएको थियो ।

प्रधानमन्त्रीसँगको लामो कुराकानीमा नेपालले हिजो पनि निजगढ विमानस्थल निर्माण, सत्तारुढ गठबन्धनको सम्बन्धलाई थप बलियो बनाउने र मन्त्री हेरफेर गर्ने एवम् चुनावको मिति घोषणाबारे छलफल गर्नुभएको बालुवाटार र कोटेश्वर दुवै स्रोतले पुष्टि गरेको छ ।

हिजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवासमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दिउँसोदेखि साँझसम्म लामो कुराकानी गर्नुभएको थियो ।

यता बालुवाटारमा आज प्रधानमन्त्री देउवासँग लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले भेट गर्नुभएको छ ।

उहाँहरुबीच नागरिकता विधेयकबारे कुराकानी भएको भनिए पनि सारमा सत्तामा लोसपाको सहभागिताको विषय प्रमुख रहेको बताइन्छ ।

आजै पूर्वप्रधानमन्त्री तथा जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्नुभएको छ ।

टिप्पणीहरू