लक्ष्मीमायालाई झुक्याएर भागेका डल्ले दुई वर्षपछि समातिए

लक्ष्मीमायालाई झुक्याएर भागेका डल्ले दुई वर्षपछि समातिए

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि समातिएका छन् । काभ्रेको पनौती नगरपालिका-१२ का ५६ वर्षीय डल्ले कामीलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

बनेपा नगरपालिका-९ की लक्ष्मी मायाले कामीविरुद्ध बैंकिङ कसूर मुद्दामा जाहेरी दिएकी थिइन् । उच्च अदालत पाटनले कामीलाई दोषी ठहर गर्दै चार दिन कैद र विगो रकम १० लाख ५० हजार जरिवाना तोकेको थियो । तर, उनी अदालतको फैसलापछि फरार भएका थिए ।

खोजी लिस्टमा रहेका उनलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । उनलाई फैसला कार्यान्वयनको लागि आज काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू