आज १५ जनामा सङ्क्रमण, १३ जना निको

आज १५ जनामा सङ्क्रमण, १३ जना निको

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ८६ जनाको पिसीआर परीक्षणमा ९ जना र १ हजार १२५ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, २४ घण्टामा कोरोनाबाट १३ जना निको भएका छन् । हाल देशभर १०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज कसैको मृत्यु भएको छैन ।

आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १९ हजार ६१५पुगेको छ ।

टिप्पणीहरू