डकार्ने गाईवस्तु, जरिवाना तिर्ने किसान

डकार्ने गाईवस्तु, जरिवाना तिर्ने किसान

न्यूजील्याण्ड सरकारले निकै रोचक निर्णय गरेको छ । पर्यावरण संरक्षणलाई ध्यानमा राख्दै न्यूजील्याण्डले गाईवस्तुलाई डकार्नमा प्रतिबन्ध लगाएको हो । कृषिबाट उत्पादन हुने हरित ग्याँस न्यूनीकरणको लागि सरकारले यो नीति अघि सारेको हो । यसले जलवायु परिवर्तन नियन्त्रण गर्न निकै सहयोग पुग्ने जनाइएको छ ।

५० लाखभन्दा बढी जनसंख्या भएको मुलुकमा एक करोड गाईवस्तु र २६ लाखभन्दा बढी भेडा छन् । न्यूजील्याण्डमा हुने हरितगृह ग्यास उत्सर्जनको आधा हिस्सा कृषि क्षेत्रबाट हुने गर्दछ । कृषि क्षेत्रबाट उत्सर्जन हुने हरितगृह ग्यासमा मिथेनले मुख्य हिस्सा ओगटेको हुन्छ ।

दिगो वातावरण आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै त्यहाँको सरकारले नयाँ कानून ल्याएको हो, जसमा गाईवस्तुले डकारे सम्बन्धित किसानले जरिवाना तिर्नुपर्नेछ । जतिपटक गाईवस्तुले डकार्छ त्यति पटक नै जरिवाना असुल गरिनेछ ।

न्यूजील्याण्डको कूल मिथेन उत्सर्जनको ८५ प्रतिशतभन्दा बढी दुई कृषि क्षेत्रबाट आउँछ । जनावरको मलमूत्र र उनीहरुको श्वास । सरकार तथा कृषकका प्रतिनिधिहरु समेतको सहभागितामा तयार पारिएको उक्त मस्यौदा सन् २०२५ बाट कार्यान्वयन हुनेछ ।

टिप्पणीहरू