कोभिड–१९, अमेरिकाको यो हालत र ‘घर्तिको अर्ति !’

कोभिड–१९, अमेरिकाको यो हालत र ‘घर्तिको अर्ति !’

नेपाली समाजमा विगत लामो समयदेखि समाजका ठालू वा मै हुँ भन्ने व्यक्ति वा त्यसरी मै हुँ भन्ने र हत्तपत्त अरुको कुरो नखाने÷भनेको नमान्ने र आपूm खुसी गर्ने व्यक्तिहरुलाई ‘अर्ति भनेको घर्तिको पनि मान्नु पर्छ !’ भनी सम्झाउने गरिन्छ । हुन पनि यो पंक्तिकारले थाहा पाउँदासम्म घर्ति भन्ने वा भनिनेहरुले गाउँघरमा विवाह हुँदा बेहुला बेहुलीलाई डोली/डोलामा राखेर बोक्ने गर्थे । आजभोलि हाम्रो गाउँका (म सम्दु–७, तेह्रथुको हुँ भने, तल साविक सम्दु– ५ वडाको सदासपुर गाउँमा केही घर्तिहरु छन्) घर्तिहरु, घर्तिभन्दा पनि ‘भुजेल’ भनेर चिनिन्छन् ।

यसरी घर्तिबाट भुजेल हुने क्रम नेपालभरि नै छ । त्यस्तै स्थाई घर वा भनौं स्थाई बसोवास भोजपुर भएका तर, काठमाण्डौको कालीमाटी चोकमा विगत २९/३० वर्षदेखि पत्रपत्रिका पसल चलाउँदै आएका रामबहादुर भुजेल पनि ‘पहिले–पहिले हामीलाई घर्ति भन्थे, आजकाल भुजेल भईएको छ ।’ भन्छन् । उनका अनुसार उनका पूर्खा किरातीभित्रका खम्बुका सन्तान थिए । तर, … घर्ति बनाए ! यसबारेमा छुट्टै लेख वा फिचर लेख्ने विचार छ । जसका लागि रामबहादुर भुजेल दाई गाउँ गएर आप्mनो पितापूर्खा बारे सोधखोज गरेर राम्रोसँग बुझेर आउन बाँकी छ । जे होस्, यो प्रसंग यही छाडौं ।

हुन त त्यो वेला वा भनौं राणा शासनकालमा श्री ३ महाराजहरुले आफुलाई मन नपरेको जाति (खासगरी व्यक्ति विशेष) लाई सानो (जात खसाल्ने) र आपूmलाई मन परेको व्यक्ति वा (पूरै खलक) जातिलाई ठूलो जात (उचाल्ने/बढाउने !) बनाउने प्रचलन रहेको थियो । जस्तो श्री ३ महाराज जुद्ध शमशेरको पालामा काठमाण्डौका साय्मी (मानन्धर) हरुलाई पानी चलमा जात चढाएको/उचालेको थियो । त्यसमा पनि तत्कालीन श्री ३ महाराजहरुले अरु जात वा जातिहरुलाई बाहुन जात (उचाल्ने÷बढाउने !) मा बदल्ने बाहेक सबै गर्थे । तर, अरु जात वा जातिलाई बाहुनमा बदल्न (उचाल्न) चाहिँ सक्दैन थिए ।

तर, बाहुनलाई पनि जाति–च्युत गरेर (पानी चल–अचल, छोइछिटो हाल्न पर्ने/नपर्ने) बनाउन भने सक्थे । जस्तो विसं १९९७ सालकाण्ड लागेका टंंकप्रसाद आचार्य, रामहरि जोशी आदिलाई बाहुन भएकैले मुख्य दोषीहरु मध्येकै देखिए तापनि उनीहरुलाई जाति–च्युत गरेको र जेल मात्रै हालेको भन्ने भनाइ छ । अझ स्वर्गीय धर्मरत्न येँमी÷यमिद्धारा लिखित ‘नेपालका कुरा’ नामक किताबमा उल्लेख भएअनुसार जेलमा छँदा टंंकप्रसाद आचार्यले श्री ३ महाराज अर्थात् राणाहरुमाझ पुनः आफु बाहुन जातमा फर्कन र आफ्नो भात–भान्सा र पानी चलाई पाउँ ! भनी विन्ती गरेको प्रसंंग पनि उल्लेख छ ।

जे भए तापनि माथि लेखको शीर्षकमा परेको … ‘घर्तिको अर्ति !’ शब्दले नेपालको पुरानो वा भनौं पुरातनवादी समाजमा चलेको चलनअनुसार नेपालको कुनै जाति वा समुदाय विशेलाई इंगित गरेर चलेको भनाइ वा कहावतलाई प्रतिनिधित्व गर्छ । तापनि यहाँ सो भनाइलाई नकारात्मक अर्थमा भन्दा पनि सकारात्मक अर्थ र विम्बका लागि प्रयोग गरिएको छ । त्यसैले हाल नेपालमा घर्ति जाति भनेर चिनिने वा आपूmलाई घर्तिभन्दा गर्व गर्ने जाति वा समुदायप्रति चोट पर्न गएको भए पहिले नै क्षमा प्रार्थी छु ।

यहाँ विशेषतः गत अप्रिल २९ तारिखका दिन भारतीय समाचार संस्था ‘एसियन न्युज एजेन्सी’ (एएनआई) ले अमेरिकाको ‘वासिङटन पोस्ट’लाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा उल्लेखित कुरोलाई लिएर केही लेखिएको छ । ‘एसियन न्युज एजेन्सी’ (एएनआई) ले अमेरिकाको ‘वासिङटन पोस्ट’लाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा उल्लेख गरिए अनुसार ‘गत जनवरी र फेब्रुअरीमा अमेरिकाका राष्ट्रपति ट्रम्प महोदयलाई अमेरिकी गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलीजेन्स् एजेन्सी’ (सिआइए) ले (कोभिड–१९) को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग आक्रमण गर्न सक्ने ! भनी पटकपकट गरेर १२ पटकसम्म सूचित गरेको थियो ।’ तर, ट्रम्प महोदयले सुरुमा (कोभिड–१९) को संक्रामक भाइरसलाई हल्काफुल्का ठान्नाले र बढ्तै अहंकार गर्नाले हाल अमेरिकाको कुन हालत भएको छ ? हामीले भन्नै परेन ! अर्थात् लगभग एक महिनादेखि (कोभिड–१९) को संक्रामक भाइरसको महामारीको कारण बिरामी हुने र मर्ने देशमा अमेरिका फस्र्ट ! हुँदै आएको छ । स्मरणीय छ, संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी मार्च ११ मा घोषण गरेको छ ।

यसरी वेला छँदै (कोभिड–१९) को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ भनी राष्ट्रपति ट्रम्प महोदयलाई सिआइए बाहेक केही अमेरिकी पत्रकारहरु र अमेरिकाको नीति निर्माण तहमा बसेका केही वरिष्ठ कर्मचारीहरुले पनि सल्लाह र सुझाव दिएका थिए । तर, त्यसरी सल्लाह र सुझाव दिने पत्रकारहरु र अमेरिकाको नीति निर्माण तहमा बसेका केही वरिष्ठ कर्मचारीहरुलाई ट्रम्प महोदयले उल्टै हप्काएका थिए ! भनी समाचारहरु आएको थियो ।

यसरी हेर्दा ट्रम्प महोदयले ‘अरुलाई खाने बाघले आपूmलाई पनि खान सक्छ !’ भन्ने हेक्का वेलैमा नराख्दा अहिले आएर अमेरिकाले (कोभिड–१९) भाइरसका कारण धनजनको धेरै ठूलो क्षति व्यहोर्दै छ । जस्तो कि आजका मितिसिम्म अमेरिकामा १२ लाख ९२ हजार ८५२० जना मानिसहरु बिरामी छन् भने, ७६ हजार ९३८ जना मानिसहरु मरी सकेका छन् । त्यस्तै १६ हजार ९९५ जना सिकिस्त बिरामी छन भने, २ लाख १७ हजार २५१ जना बिरामीहरु निको भएर आप्mनो घर फर्केका छन् । –तथ्यांक स्रोत वोल्र्डोमिटर÷सन् २०२० मे ८ ।

यसरी हेर्दा (कोभिड–१९) को संका्रमक भाइरसकोे महामारीले विस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, सावधान ! भनी चेतावनी दिने बाहिरियाहरु जस्तै चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ! को चेतावनीलाई ट्रम्प महोदयले मनन् नगरे तापनि आफ्नै देशको गुप्तचर संस्था (सिआइए) ले दिएको चेतावनी, सुझाव, सचेतता र सजगता अपनाउन दिएको सुझावलाई मनन् गरेको भए निश्चय नै हाल आएर अमेरिकाले यो स्तरमा जनधनको क्षति व्यहोर्नुपर्ने थिएन भनी किटेर भन्न सकिन्छ । तर, ट्रम्प महोदय र उनका समर्थन गर्ने ‘फक्स न्युज !’ लगायत केही अमेरिकी मिडियाहरुले नै (कोभिड–१९) को संका्रमक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, सावधान रहौ, वेला छँदै होसियार गरौंं ! भनी सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका केही वरिष्ठ कर्मचारीहरुलाई खिसी–टिउरी मात्रै गरेनन्, हप्काउन समेत पछि परेनन् ।

हेरौं त आज ! ‘घर्तिको अर्ति’ नमान्दा अमेरिकाको यो हाल ! विश्वको ‘सुपरमेसी म मात्रै हुँ, अरु कोही छैन !’ भन्ने अमेरिकाको घमण्डलाई एउटा अदृश्य र सानोभन्दा पनि भन्दा पनि सानो (ब्याक्टेरिया एवम् भाइरसविज्ञहरुका अनुसार कपालभन्दा १० हजार गुण सानो !) भाइरसले तोडेको … । हुन त, गत मार्च ३ मै अमेरिकाका एक जना भाइरल रोग विज्ञ डाक्टर (एन्थोनी फाउच) ले (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा १ देखि २ लाख जनाको ज्यान जान सक्ने र ९ देखि १० लाख

अमेरिकीहरु प्रभावित वा बिरामी हुन सक्ने बताएका थिए । यसरी हेर्दा अमेरिकी भाइरल रोग विज्ञ डाक्टर (एन्थोनी फाउच) ले (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा हुने क्षतिबारेको दुई आँकलमध्ये एक (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा ९ देखि १० लाख मानिसहरु प्रभावित हुने आँकलले (अंकको सीमा) नाघेर ११ लाख ६५ हजार ७७६ जनाभन्दा बढी पुगी सकेको छ भने, संयोगले वा भनौं भाग्यवश हो, (कोभिड–१९) को संक्रामक भाइरसबाट मर्ने संख्याको आँकल जुन १ देखि २ लाख जनाको ज्यान जान सक्ने (अंकको सीमा) आँकल थियो, सो भने, हालसम्म लगभग आधा वा (२ लाख मान्दा) एक चौथाईमा कायम रहेको देखिन्छ ।

तर, समय घर्की सकेपछि भए पनि ट्रम्प महोदयको २ वटा स्वीकारोक्ति बाहिर आएको छ । पहिलो, अमेरिकामा (कोभिड–१९) को भाइरसको महामारीको कारण १ लाख मानिसहरु मर्न सक्ने र दोसे विश्व युद्वमा जापानले पर्ल हार्बरमा खसालेको बम र सन् २००१ मा ओसामा बिन लादेनले ट्वीन टावरमा गरेको हमलापछि आफ्नो देश (अमेरिका) लाई अहिलेसम्मकै बाहिरयिा (सत्रु !) हरुको ठूलो हमला अर्थात् आक्रमण (कोभिड–१९) को संक्रामक भाइरसको महामारीले गरेको छ । अझ आफ्नो सुरक्षामा खटेका सुंरक्षाकर्मीहरुमा (कोभिड–१९) को संंक्रमण देखा परेको बारेमा भने ट्रम्प महोदयले प्रतिक्रिया दिई सकेका छैनन् ।

[email protected]

टिप्पणीहरू