एक क्विण्टल गाँजा तस्करीमा तीन जनाको संलग्नता

एक क्विण्टल गाँजा तस्करीमा तीन जनाको संलग्नता

मकवानपुरमा ठूलो परिमाणको गाँजासहित तीन जना पक्राउ परेका छन् । भीमफेदी गाउँपालिका ९ चुनियाबाट ९६ किलो आठ सय ४० ग्राम गाँजासहित उनीहरुलाई प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा स्थानीय रिठ्ठेपानीका ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका ९ घैराङ बस्ने ३७ वर्षीय ज्ञानबहादुर गोले र बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा हुन् ।

उनीहरुले ना.२ ह ३५६६ नम्बरको अटोरिक्सामा राखेर उक्त गाँजा लैजाँदै थिए । सोही क्रममा नामटारबाट खटिएको प्रहरी टोलीले अटो चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू