गाँस्नै लागिन् लगनगाँठो गायिकाले

गाँस्नै लागिन् लगनगाँठो गायिकाले

गायिका इन्दिरा जोशीले विवाहको पूर्वसन्ध्यामा शरीरमा बेसार दलेकी छन् । भारतीय र हिन्दू परम्परामा विवाहअघि बेहुला र बेहुलीले बेसार दल्ने प्रचलन छ । अहिले त्यसलाई पर्वको रुपमा ‘हल्दी रेशम’ भन्न थालिएको छ ।

यो कार्यक्रममा निकटका साथी र नातेदारहरुलाई बोलाएर बेहुलीको गाला र शरीरमा बेसार दल्ने,गीत गाउने,नाच्ने र मीठा परिकार खाने चलन बढ्दै गएको छ ।भारतीयहरुले पनि हातमा मेहन्दी लगाउनको निम्ति एक दिन छुट्टै यस्तै कार्यक्रम गर्छन् । अहिले नेपालमा पनि त्यो चलन बढेको छ ।

गायिका जोशीले फेशन डिजाइनर शरद केडियासँग विवाह गर्न लागेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले गत असोजमा हेलिकप्टर चढेर सगरमाथा नजिकै खुम्बुुको चिसोमा औंठी र मायाप्रेम साँटासाँट गरेका थिए ।

टिप्पणीहरू