अर्का फरार प्रतिवादी पनि समातिए

अर्का फरार प्रतिवादी पनि समातिए

विश्वासघात र ठगी मुद्दाका फरार अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । तैयव अलीको जाहेरीको आधारमा प्रहरीले धनुषाको सबैला नगरपालिका १० बस्ने ४५ वर्षीया अनुराधाकुमारी साहलाई अस्ति पक्राउ गरेको हो ।

साह नेपाल सरकारबाट ठगी, आपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी हुन् ।

उनलाई बुद्धनगरबाट पक्राउ गरी अनुसन्धानको निम्ति हिजो इलाका प्रहरी कार्यालय, कल्याणपुर, सप्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय, काठमाडौंले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइन्छ ।

टिप्पणीहरू