नेपाल हुँदै भारत छिर्ने दुई चिनियाँ बिहारमा पक्राउ

नेपाल हुँदै भारत छिर्ने दुई चिनियाँ बिहारमा पक्राउ

नेपाल–भारत सीमा पार गरेको आरोपमा हिजो दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा नेपाल–भारत सीमा पार गरेको भन्दै भारत,बिहारको सीतामढी जिल्लामा भारतीय सशस्त्र सीमा बलले उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक २८ वर्षीय लो लुङ र ३४ वर्षीय युङ हाइ लुङ रहेका छन् । एसएसबीका जवानहरूले उनीहरूलाई स्तम्भ नम्बर ११/६ नजिकै भारतीय भूमिमा ३०० मीटरभित्र पक्राउ गरेको बताइन्छ । उनीहरुको साथबाट नेपाली राहदानी ३ थान,एटीएम कार्ड,चुरोटलगायतका सामान बरामद भएको भारतीय प्रहरीलाई उधृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

दुवैलाई प्रहरीको जिम्मा लगाइएको छ । छोटो सोधपुछका क्रममा ती दुई चिनियाँ नागरिकले चीनबाट थाइल्याण्ड हुँदै नेपाल आएका र काठमाडौंबाट दुईवटा साइकल भाडामा लिएर बिहार नाकासम्म पुगेको प्रहरीलाई बताएका छन् ।

टिप्पणीहरू