अमेरिकी जर्नेल कतार हुँदै फिर्ता

अमेरिकी जर्नेल कतार हुँदै फिर्ता

नेपालको चार दिने भ्रमणमा रहनुभएका अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख ( इण्डो–प्यासिफिक कमाण्डर) चार्ल्स एन्थोनी फ्लिनले नेपाली सेनालाई भरपर्दो स्थल सेनाको दर्जा दिनुभएको छ ।

हिजो शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेजमा आयोजित समारोहमा बोल्दै उहाँले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको उल्लेख गर्नुभएको हो । कलेज हातामा वृक्षरोपण गरेको फ्लिन नेतृत्वको टोलीले हिजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत अवलोकन भ्रमण गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा र प्रधानसेनापतिसँग औपचारिक भेटवार्ता गरेको अमेरिकी सेनाको १० सदस्यीय टोली हिजै राती १० बजे आसपास दोहा हुँदै आफ्नो जिम्मेवारी थलोमा फिर्ता भएको हो ।

टिप्पणीहरू