चुनाव सकिएको ठ्याक्कै एक महिनामा एमालेलाई चटारो

चुनाव सकिएको ठ्याक्कै एक महिनामा एमालेलाई चटारो

नेकपा एमालेले भोलि बस्ने केन्द्रीय सचिवालय बैठकका लागि एजेण्डा तय गरेको छ । आज बसेको कार्यालय बैठकले एजेण्डा बनाएको हो ।

स्थानीय तह निर्वाचनको समीक्षा,गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलगायत विषय सचिवालय बैठकको एजेण्डामा समेटिएको एमालेले जनाएको छ ।

सचिवालय बैठक भोलि दिउँसो १ बजेलाई बोलाइएको छ । एमाले नेताहरूले बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली र अन्तर्घातका कारण अपेक्षाकृत नतिजा प्राप्त नभएको बताउँदै आएका छन् ।

त्यस्तै,नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारवाहीको सिफारिसबारे पनि सचिवालयमा छलफल हुने बताइएको छ ।

टिप्पणीहरू