मामा मार्ने भानिज पक्राउ

मामा मार्ने भानिज पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–१७ बस्ने ४५ वर्षीय अशोक विकको बाँसको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय रवि विक हुन् ।

विकलाई हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका–११ हिरापुर पानी ट्याङ्कीस्थित बारीमा बाँस ओसार्ने क्रममा विवाद हुँदा रविले आफ्नै मामा अशोकलाई बाँसको लाठी प्रहार गरेका थिए ।

प्रहारबाट गम्भीर घाइते भएको खबरपछि इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले रविलाई पक्राउ गरेको हो ।

घाइते अशोकको स्थानीय मोडल अस्पताल हुँदै थप उपचारको निम्ति प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

टिप्पणीहरू