भारतमा कोरोना महामारी, चौथो लहरको आशंका

भारतमा कोरोना महामारी, चौथो लहरको आशंका

भारतमा फेरि कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । योसँगै भारतमा महामारीको चौथो लहरको आशंका गरिएको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ आठ हजार तीन सय २९ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा थप १० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो फेला परेका संक्रमितको उक्त संख्या पछिल्लो साढे तीन महिना यताकै सबैभन्दा बढी हो । विशेषगरी महाराष्ट्र, दिल्ली, पश्चिमबंगाल, कर्नाटक र केरलालगायत राज्यमा कोभिड संक्रमितहरु थपिँदै गएका छन् ।

भारतमा हालसम्म कोभिड संक्रमणका कारण पाँच लाख २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू