भारतको कालापहाडमा देखिएको त्यो सपना…

भारतको कालापहाडमा देखिएको त्यो सपना…

मुक्ति गौतम
कालापहाड, मणिपुर (भारत)

हामी सपरिवार व्रह्मपुत्र नदीको पाण्डुघाटबाट एउटा स्टिमरमा चढ्यौं । व्रह्मपुत्रको मनै लोभ्याउने नीलो रंगको अनुहार देखिने कञ्चन पानीमाथि हामी स्टीमरबाट गुवाहाटी नगरीका विभिन्न घाटको अवलोकन गर्दै थियौं । हिजो देखिएका फोहोरका डंगुर, ह्वास्सै गन्हाउने पशुका निर्जीव देहहरूको त्यहाँ नामोनिशान थिएन ।

हामी फेरी एउटा पजेरोमा चढेर गुवाहाटी शहरभित्र पस्यौं । मनमोहक चिल्ला सडकको दुबैतर्फ हरिया वृक्षका लहर, विभिन्न फूलका बुट्टाका दृश्यले हामीलाई स्वर्गको आनन्द दिइरहेको थियो । त्यहाँ पनि फोहोरको कुनै संकेत थिएन ।

मालीगाउँदेखि पल्टन बजारको नेपाली मन्दिर र मणिकुमार सुब्बा भवन हुँदै, अनगिन्ती आकाशे पुलमाथिबाट गुड्दै हामी खानापाडाको डाँडामा पुग्यौं । खानापाडाबाट फेरि केबलकार चढेर निलाचल पर्वतमा अवस्थित कामख्या माताको दर्शन गर्न जाँदै थियौं ।

मन्दिर पुग्ने बेलामा एकाएक केबलकारको तार चुँडियो । हामी सपरिवार पहाड जत्रो फोहोरको थुप्रोमा उत्तानोचित पर्यौं । म झल्याँस्स् ब्युँझिए । खलखली पसिना आएको थियो । घडीको सुई १२ अङ्कमाथि मात्र पुगेको थियो ।

टिप्पणीहरू