बाबुरामबारे प्रधानमन्त्रीले उपेन्द्रलाई यस्तो कुरा बताएपछि …

बाबुरामबारे प्रधानमन्त्रीले उपेन्द्रलाई यस्तो कुरा बताएपछि …

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी बिभाजनको गृहकार्य तीब्र पारेको थाहा हुन आएको छ ।

एमसीसी अनुमोदनका बेला नयाँ पार्टी दर्ता गराई जसपा फुटाउन ठिक्क पारेर फेरि पछाडि हटेका भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पार्टी विभाजनका लागि सजिलो हुनेगरी अध्यादेश ल्याइदिन आग्रह गरेको खुलासा भएको हो ।

दल विभाजनका लागि मौजुदा ऐन बाधक हुने भन्दै भट्टराईले माधव नेपालको हकमा झैं गरिदिन बालुवाटार पुगेर प्रधानमन्त्रीसंग आग्रह गरेको जानकार स्रोतको दाबी छ ।

“उपेन्द्रनिकट स्रोतले पनि प्रधानमन्त्री र अध्यक्ष उपेन्द्रबीच आज फोनमा कुराकानी भएको बताएको छ ।”

अहिलेको दलसम्बन्धी ऐनमा पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ । तर, आफूसँग केन्द्रीय समितिमा ४० प्रतिशत नभएकाले २० मा झारेर अध्यादेश ल्याइदिन अनुरोध गरेको बताईएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान जसपा अध्यक्ष उपेन्द्र यादवलाई फोनमार्फत यसबारे जानकारी गराएपछि पार्टी फुटाउने बाबुरामको आन्तरिक तयारी बाहिर आएको स्रोतले सुनायो । देउवाले फोन गर्दा उपेन्द्र भने पार्टीका जनजाति नेताहरुसँग बैठकमा थिए ।

उपेन्द्रनिकट स्रोतले पनि प्रधानमन्त्री र अध्यक्ष उपेन्द्रबीच आज फोनमा कुराकानी भएको बताएको छ । तर, के विषयमा कुरा भएको भन्ने जानकारी नभएको स्रोत बताउँछ ।

पार्टीमा कमजोर भएकै कारण संख्या पुर्याउन नसकेका बाबुरामले देउवासंगको भेटमा अध्यादेश ल्याएर मद्दत गरिदिए सरकारलाई सहयोग गरेर गुन तिर्ने बताएको समेत जानकार स्रोतले बतायो ।

जसपा स्रोतले भने महन्थहरुले छोडेर जाँदा त खासै फरक नपरेकाले जनाधार नभएका बाबुरामले छोड्दा पार्टीलाई नोक्सान नपर्ने बताउँदै उनी एमालेमा जानसक्ने समेत दाबी गरेको छ ।

टिप्पणीहरू