बालकोटमा १० बुँदे पक्षधर नेतालाई निकालेर साढे दुई घण्टा गोप्य कुराकानी

बालकोटमा १० बुँदे पक्षधर नेतालाई निकालेर साढे दुई घण्टा गोप्य कुराकानी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भेटघाटको निम्ति नेता तथा कार्यकर्ताहरु जाने क्रम स्थानीय तहको चुनाव अघि बाक्लो थियो । चुनावी परिणामपछि उक्त क्रममा केही शिथिलता आएको बताइन्छ ।

हिजो उहाँको निवास भक्तपुर बालकोटमा नेताहरु सुरेन्द्र पाण्डे र विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओलीसँग बिहान दुई घण्टा संयुक्त भेटवार्ता गर्नुभएको हो । उहाँहरु बिहान त्यहाँ पुग्नुभएको थियो ।

बैठकपछि मध्यान्हमा उपाध्यक्ष पाण्डे त्यहाँबाट निस्कनुभएको बताइन्छ । पाण्डे निस्केपछि सोही स्थानमा अध्यक्ष ओली र पाेलिटब्युराे सदस्य भट्टराईबीच अर्को साढे दुई घण्टा गोप्य वार्तालाप भएको स्रोतको दाबी छ । उहाँहरुबीच दिउँसो अबेरसम्म निरन्तर छलफल चलेको हो ।

टिप्पणीहरू