गन्ध फाल्ने औषधि

गन्ध फाल्ने औषधि

सिसडोलको दुर्गन्ध हटाउन नास्टको टोल उतातिर गएको समाचार पढ्न पायौँ । त्यो उत्साहजनक समाचार हो । उहाँहरू सिसडोलको दुर्गन्धलाई कसरी नगनाउने पार्ने भन्ने विषयको अध्ययन गर्न जानुभएको रहेछ ।

उहाँहरूले त्यहाँ अब कुनै औषधि छर्कनुहुन्छ होला, जसले गर्दा गन्ध नआउने हुन्छ । डम्पदुर्गन्ध हटाउने उपाय पत्ता लगाउन वैज्ञानिकहरू सफल हुनुहोस् भन्ने कामना गर्दछु ।

बरु उहाँहरूलाई एउटा अनुरोध के छ त भन्दा यदि त्यस्तो कुनै औषधि पाउनुभयो भने त्यो अलिकति यता सिंहदरवारतिर पनि छर्कन मिल्छ कि ? अहिले त देशमा सबैभन्दा कडा दुर्गन्ध त्यतातिरबाट पो आइरहेको देखिन्छ ।

डम्पिंग साइट सिसडोलमा छ । तर दुर्गन्ध सिंहदरबारबाट आइरहेको छ । त्यहाँचाहिँ कसले फोहोर पारेछ हँ ? सिसडोलमा छर्केको औषधि सिंहदरबारमा पनि छर्कन मिल्छ होला नि, मिल्दैन र ?

टिप्पणीहरू