चुनाव बिथोल्न बिस्फोट गराउने समूह समातियो

चुनाव बिथोल्न बिस्फोट गराउने समूह समातियो

स्थानीय निर्वाचनको दिन बैशाख ३० गते बिहान दुई बजे एलपिजी ग्यास सिलिण्डर विष्फोट गराउन खोज्ने चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा जिल्ला लखन गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्ने वर्ष २९ को हरिकृष्ण थापा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने वर्ष २८ का करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ घर भई हाल भक्तपुर, चागुनारायण– १ दुवाकोट बस्ने वर्ष २८ को युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका–८ घर भएका हुने बर्ष ३६ का बिकेसि भन्ने भरत कुमार राई रहेका छन् ।

उनीहरुले नयाँ बानेश्वर सडकखण्डमा एलपिजी ग्यास सिलिण्डर विस्फोट गराएका थिए । सिलिण्डर विस्फोट हुँदा बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्रको भवन तथा साइन ग्लोबल एजुकेसनल कन्सलटेन्सी रहेको घरमा सिसा फुटेर क्षति भएको थियो ।

राजधानी काठमाडौंमा विष्फोटन गराई मुलुकभर आतङ्क फैलाउने उनीहरुलाई खोजतलासका क्रममा प्रहरीले विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भरतकुमार राई यसअघिसमेत विभिन्न मितिमा हातहतियार खरखजना, बैकिङ कसूर तथा कर्तव्य ज्यान मुद्दामा समातिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

टिप्पणीहरू