काँग्रेसका १० अन्तरघाती कारवाहीमा

काँग्रेसका १० अन्तरघाती कारवाहीमा

नेपाली काँग्रेस संखुवासभाले १० जना नेता–कार्यकर्तालाई पार्टीबाट निकालेको छ । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा उनीहरु निष्कासनमा परेका हुन् ।

पार्टी निर्णयविपरीत काम गरेका ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारवाही गरिएको काँग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका क्रममा पार्टी हितविपरीत गतिविधि गर्ने र आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेल्नेलाई विधान मुताविक कारवाही गरिएको हो ।

कारवाही पर्नेहरुमा मादी नगरसभापति यादवचन्द्र खड्का, धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मरकुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राई, मकालु गाउँपालिकाका बालकुमार राई, दीपेश गुरुङ र रिन्जे शेर्पा छन् ।

टिप्पणीहरू