एमालेले भन्दा पौने दुई लाख भोट बढी पाएको काँग्रेसको दाबी

एमालेले भन्दा पौने दुई लाख भोट बढी पाएको काँग्रेसको दाबी

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) ले भन्दा पौने दुई लाख बढी भोट प्राप्त गरेर पहिलो पार्टी बनेको दाबीसहितको तथ्याङ्क सार्वजनिक गरेको छ ।

काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्याङ्ककन तथा सुपरीवेक्षण उपसमितिले वडाअध्यक्षमा प्राप्त मतलाई आधार मानेर यस्तो निष्कर्ष सार्वजनिक गरेको हो । आज सार्वजनिक प्रतिवेदनमा काँग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले ३८ लाख ८३ हजार १३८ मत पाएको भनिएको छ ।

काँग्रेसले पाएको यो मत लोकप्रिय मतका हिसाबले पहिलो पार्टी बनेको दाबी गरिरहेको नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले पाएको भन्दा एक लाख ७५ हजार ७६ मतले बढी रहेको काँग्रेसको भनाइ छ । केन्द्रीय सदस्य प्रदिप पौडेल नेतृत्वको उपसमितिले विजयी, प्रत्यासी र तेस्रो स्थानमा आएका उमेदवारले प्राप्त गरेको मतलाई आधार बनाएर कूल मतको हिसाब निकालेको हो ।

प्रतिवेदनमा काँग्रेसले स्थानीय तहका सबै कार्यकारी पदमा ४४ प्रतिशत जितेको उल्लेख छ । कूल ७५२ मध्ये (बाजुराको बुढीगङ्गा गाउँपालिकामा निर्वाचन हुन् बाँकी) ३२९ स्थानमा प्रमुख जितेको काँग्रेस ३०० पालिकामा उपप्रमुख र २६ सय ६५ वडामा विजयी भएको छ ।

त्यस्तै, दुई हजार ६०६ महिला सदस्य, दुई हजार ५५१ दलित महिला सदस्य र पाँच हजार ३०७ खुला सदस्य विजयी भएका उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/PaRaTaVaThaNaKa-PaRaPaTa-TaTha-NaShhaKaRaShha-1-1.pdf”]

टिप्पणीहरू