छुरा प्रहारमा संलग्न एक जना समातिए, तीन जना फरार

छुरा प्रहारमा संलग्न एक जना समातिए, तीन जना फरार

सल्यानको शारदा नगरपालिका–२ जोगदेखोलाका १८ वर्षीय ओपेन्द्र केसीलाई छुरा प्रहार गर्नेमध्ये एक जना पक्राउ परेका छन् । प्रहरीले सोही वडाका १८ वर्षीय युवराज बुढाथोकीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

दश जोड दुई कक्षाको परीक्षा दिएर पुरानो बसपार्कस्थित एउटा होटलमा खाजा खाइरहेका केसीलाई हिजो दिउँसो रुपेश बुढाथोकी, विवश हमाल र सागर पुनले छुरा प्रहार गरेका थिए ।

पक्राउपछि बुढाथोकीलाई जिल्ला अदालतमा म्याद थप गरिएको छ । अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते केसीको नेपालगञ्जमा उपचार भइरहेको छ । उनको दाहिने हात र कोखामा गम्भीर चोट लागेको बताइएको छ ।

टिप्पणीहरू