गाँजा बोकेर वीरगञ्ज जाँदै गरेका किशोर बाटैमा समातिए

गाँजा बोकेर वीरगञ्ज जाँदै गरेका किशोर बाटैमा समातिए

मकवानपुरमा चार किलोभन्दा बढी गाँजासहित एक किशोर समातिएका छन् । मनहरी गाउँपालिका ७ बाट प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका १९ घर भएका उनी चितवनबाट वीरगञ्ज जान लागेका थिए । ना.५ ख ६५७० नम्बरको बसमा सवार उनलाई आज नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनको साथबाट चार किलो छ सय ग्राम गाँजा बरामद गरेको हो ।

टिप्पणीहरू