दैलेखमा काँग्रेसका बागीले बाजी मारे

दैलेखमा काँग्रेसका बागीले बाजी मारे

जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा नेपाली काँग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन् । जिससको प्रमुखमा नमराज शाही र उपप्रमुखमा नेकपा (एमाले) का केशवबहादुर शाही निर्वाचित भएका हुन् ।

समितिमा काँग्रेसका बागी शाही र एमालेबीच तालमेल भएको थियो । यस्तै, सत्तारुढ काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पनि चुनावी गठबन्धन भएको हो । तर, गठबन्धन तर्फबाट जिसस प्रमुखमा उम्मेदवार उठेकी काँग्रेसकी दुर्गा श्रेष्ठ पराजित भइन् । बागी शाहीले १३ भोट ल्याउँदा काँग्रेसकी श्रेष्ठले नौ भोट ल्याएकी हुन् ।

उपप्रमुखमा एमालेका शाहीले ११ मत ल्याउँदा उपप्रमुखमा एकीकृत समाजवादीकी शान्ती शाहीले १० मत पाएकी छन् । एकीकृत समाजवादीबाट सदस्यमा कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का र पूर्णा विक निर्वाचित भएकी हुन् । जिसस सदस्यमा माओवादीबाट तुल्छा विक, फत्तबहादुर डांगीले जितेका छन् । यसैगरी काँग्रेसबाट अङ्गबहादुर शाही र स्वतन्त्रबाट दिलबहादुर शाही सदस्यमा निर्वाचित भएका हुन् ।

टिप्पणीहरू