ललितपुरमा १५ वर्षीया बालिका बलात्कृत

ललितपुरमा १५ वर्षीया बालिका बलात्कृत

ललितपुरमा १५ वर्षीया किशारी बलात्कृत भएकी छिन् ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

टिप्पणीहरू