भारतमा कोरोना संक्रमण बढ्यो, मास्क फेरि अनिवार्य

भारतमा कोरोना संक्रमण बढ्यो, मास्क फेरि अनिवार्य

कोरोना संक्रमण बढेपछि भारतमा हवाई उडानमा मास्क अनिवार्य गरिएको छ । भारत सरकारले मुलुकमा कोरोना संक्रमण ह्वात्तै बढेपछि उडानमा मास्क अनिवार्य गरेको हो ।

नागरिक उड्डयन नियामक निकायले जारी गरेको पछिल्लो निर्देशनमा सबै हवाई यात्रुलाई उडानभर नाक र मुख छोपिनेगरि मास्क लगाउन अनिवार्य गरेको छ ।

यसअघि कोरोना संक्रमणमा कमी आएसँगै हवाईयात्रुहरुले अनुहारमा मास्क लगाउन छाडेका थिए । पछिल्ला दिनमा जनस्वास्थ्य सुरक्षाको मापदण्डलाई हलुका ढंगले लिन थालेपछि उक्त निर्णय पुनः लागु गर्नुपरेको बताइएको छ ।

टिप्पणीहरू