धनुषा र कञ्चनपुरमा काँग्रेस निर्विरोध

धनुषा र कञ्चनपुरमा काँग्रेस निर्विरोध

जिल्ला समन्वय समिति (जिसस) कञ्चनपुरमा नेपाली काँग्रेसको प्यानल नै निर्विरोध निर्वाचित भएको छ । जिससको प्रमुखमा दुर्गादत्त बोहरा र उपप्रमुखमा रामकुमारी राना निर्विरोध निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समितिको सदस्यहरुमा चन्द्रावती थापा, रामसिंह भण्डारी, लिला चौधरी, मोहन महता, विमलाकुमारी सार्की, अन्जुदेवी राना र जयसिंह विष्ट निर्वाचित भएका हुन् । समितिमा काँग्रेसले मात्र उम्मेदवारी दिएको थियो ।

यस्तै, जिसस धनुषामा पनि काँग्रेसकै प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा राजनन्द मण्डल राज र उपप्रमुखमा सङ्गीतादेवी ठाकुर चयन भएका छन् ।

सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र महेन्द्र महतो निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

टिप्पणीहरू