जिल्ला समन्वय समितिमा पनि बागी

जिल्ला समन्वय समितिमा पनि बागी

स्थानीय तहमा जस्तै जिल्ला समन्वय समिति (जिसस)को चुनावमा पनि बागी उमेद्वारी परेको छ । जिसस दैलेखको निर्वाचनमा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारविरुद्द काँग्रेसकै अर्का जनप्रतिनिधिले बागी हालेका हुन् ।

जिसस प्रमुखमा कांग्रेसबाट आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठ हुन् । नमराज शाहीले पनि प्रमुखमै उम्मेद्वारी हालेका छन् । दुवै जना हालै सम्पन्न स्थानीय चुनावमा कांग्रेसबाट निर्वाचित सदस्यहरु हुन् ।

जिसस निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य पदमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था छ । त्यसैमा टेकेर श्रेष्ठले शाहीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएकी छन् ।

टिप्पणीहरू