फिल्म निर्माणमा पर्यटनमन्त्रीको पौने ३ लाख रुपैयाँ

फिल्म निर्माणमा पर्यटनमन्त्रीको पौने ३ लाख रुपैयाँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ‘सर्वजित’ चलचित्र निर्माणमा पाँच महिनाको तलब दिनुभएको छ । उहाँले उक्त चलचित्र निर्माण टिमलाई दुई लाख ८० हजार नौ सय रुपैयाँ प्रदान गर्नुभएको हो ।

चलचित्र दलित आन्दोलनका बागलुङका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने जनाएको छ । दलित महिला केन्द्र नेपालले उक्त चलचित्र निर्माण गर्न लागेको हो ।

फिल्मको निर्देशन दिनेश डिसीले गर्ने बताइएको छ ।

टिप्पणीहरू