आज निको हुनेभन्दा संक्रमित ठ्याक्कै दोब्बर

आज निको हुनेभन्दा संक्रमित ठ्याक्कै दोब्बर

पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ४९ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा आठ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै १०९ जना सक्रिय संक्रमित छन् ।

आज संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू