सुहागरात अगावै बेहुलाको लाखौं कुम्ल्याएर बेहुली भिनाजुसँग टाप

सुहागरात अगावै बेहुलाको लाखौं कुम्ल्याएर बेहुली भिनाजुसँग टाप

भारतको बिहारमा विवाह गरेको २४ घण्टा नहुँदै नवदुलही श्रीमान र ससुरालाई छक्याएर घरबाट भागेकी छन् । मोतिहारीको हरनाथपुरस्थित परसौनी गाउँका युवक आनन्दकुमारलाई उल्लू बनाएर मुन्नीकुमारी आफ्ना भिनाजु र भाइसँग बेपत्ता भएको स्थानीयले जनाएका छन् ।

बेहुला आनन्दकुमारले ससुरालीबाट दाइजो पाएको मोटरसाइकलमा चढेर उनी भिनाजुसँग घरबाट हिँडेकी हुन् । सुहागरात अर्थात विवाहको पहिलो रातमा रम्नुअघि नै दुलही मुन्नीकुमारी चार लाखको गरगहना र भारु एक लाख ५० हजार नगद बोकेर हिँडेकी प्रहरीमा उजुरी परेको छ ।

पीडित दुलाहाले नवविवाहित मुन्नीलाई भिनाजु र भाइसहित धनमाल लिएर भागेको आरोपमा पाकिदयालको धनौजी प्रहरी चौकीमा उजुरी गरेका छन् ।

आनन्दकुमार हरनाथ गाउँका जोगी साहका छोरा हुन् । उनको विवाह ढाका क्षेत्र पर्साका रामनाथ साहकी छोरी मुन्नीकुमारीसँग हिन्दू परम्पराअनुसार भएको हो ।

नयाँ दुलही घरमा भित्रिएपछि बेहुलापक्षले तामझामसहित न्यानो स्वागतको कार्यक्रम गरिरहेको थियो । दुलहीको आगमनसँगै आनन्दकुमारको घरमा उत्सव चलिरहेका बेला ती युवती एकाएक हराएपछि बेहुलाको घरको माहोल सुनसान भएको हो ।

स्थानीयवासीले दुलहीसहित भिनाजु र भाइको खोजी गरेपनि कतै नभेटेको बताइन्छ । उनले चार लाख भारुको गरगहना, डेढ लाख नगद र दुलाहाले दाइजोमा पाएको नयाँ मोटरसाइकल समेत लगेपछि घरगाउँले र नातेदारहरुको अगाडि दुलाहाको परिवार नाजवाफ भएको बताइन्छ ।

टिप्पणीहरू