‘बर्खा लाग्यो अब सडक खन्न पाईंदैन’

‘बर्खा लाग्यो अब सडक खन्न पाईंदैन’

सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायाममा सडक खन्दा हिलो हुने र मर्मत गर्न गाह्रो पर्ने भएकाले त्यसो नगर्न भनिएको हो ।

खानेपानीको पाइप र ढल निकासको बहानामा सडक खन्ने गरिएकाले त्यसो नगर्न सूचना जारी गरिएको बताइएको छ । सरकारी सूचना अवज्ञा गरिएको खण्डमा सार्वजनिक सडक ऐन २०३१ अनुसारको कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार कसैले जबर्जस्ती गरेर सडक खनेको पाइएमा कारबाही गरिने छ । ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न सकिँदैन, पुरानै अवस्थामा ल्याउन नसकिने र सडक झन् जीर्ण हुने भएकाले असार १ गतेदेखि आगामी भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहतका कुनै पनि सडक खन्न स्वीकृति दिइने छैन,’ सूचनामा उल्लेख छ ।

टिप्पणीहरू