नेवार समुदायको पर्व सिथी नखः सिन्ह्वाको आँखामा (फोटो फिचर)

नेवार समुदायको पर्व सिथी नखः सिन्ह्वाको आँखामा (फोटो फिचर)

सिथी नखः पर्व विशेषगरि काठमाडौं उपत्यकाका नेवार समुदायहरुले धुमधामसँग मनाउने गर्छन् । योे दिन, मनसुनको आगमनलाई मध्यनजर गर्दै आफ्नो घर, मन्दिर, आँगन, इनार, चोक, बहालको सरसफाई गरिन्छ । विशेषगरी पानीको स्रोत र बर्खायामलाई ध्यानमा राखेर यो पर्व मनाउने गरिएको पाइएको छ ।

घरमा आआफ्नो कूल देवताको पूजासँगै चतामरि, बारालगायत नेवारी परिकार भगवानलाई चढाएपछि मात्रै भोजन गर्ने प्रचलन छ । यो अवसरमा नातेदार र कुटुम्बलाई बोलाएर राम्रैसँग भोज गरिन्छ ।

टिप्पणीहरू