बर्दियामा प्रहरीले आफू खुशी गोली चलाएको गृहमन्त्रीको दाबी

बर्दियामा प्रहरीले आफू खुशी गोली चलाएको गृहमन्त्रीको दाबी

गृहमन्त्री बालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीलाई गोली चलाउन आदेश नदिइएको बताउनुभएको छ । आज प्रतिनिधिसभामा बोल्दै उहाँले नागरिकहरुले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नदिने स्पष्ट पार्नुभयो ।

सोनामा प्रहरीले चलाएको गोलीबाट नविना चौधरीको निधन भएको थियो । सोही घटनाको छानबिन गर्न सरकारले समिति बनाएको उहाँले जनाकारी दिनुभयो ।

छानबिन समितिमा गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्य छन् । जसमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्कालाई राखिएको छ ।

टिप्पणीहरू