सभामुखका सामुन्ने एमाले सांसद क्रुध्द

सभामुखका सामुन्ने एमाले सांसद क्रुध्द

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद खगराज अधिकारीले मन्त्रालयगत छलफलको समय थप्नुपर्ने माग गर्नुभएको छ ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले विनियोजन विधेयकमाथिको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत छलफलका लागि पूरै एक दिनको समय छुट्याउन अड्डी कस्नुभएको हो ।

आफूले भनेबमोजिम नभए छलफलमा भाग नलिने अडान कसेका सांसद अधिकारीले सो अनुसारको कार्यसूची बनाउन सभामुख अग्नि सापकोटालाई आग्रह गर्नुभएको थियो ।

अधिकारीको यस्तो माग सुनेपछि सो मन्त्रालयबारे छुट्टै समय मिलाएर कार्यसूची बनाउन संसद् सचिवालयलाई निर्देशन दिइएको सभामुखले जानकारी दिनुभयो ।

टिप्पणीहरू