कटुवाको गोलि लिएर हिँडेका भारतीय समातिए

कटुवाको गोलि लिएर हिँडेका भारतीय समातिए

प्रहरीले एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई समातेको छ । उनलाई गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

पक्राउ पर्ने २७ वर्षीय ओमप्रकाश पाल हुन् । उनी हरिनगरा गाउँपालिका–४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए ।

विशेष सूचनाको आधारमा उनको साथबाट पेस्तोल र गोली फेला पारी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू