एमालेद्वारा निश्कासित अध्यक्ष दम्पत्ति काँग्रेसमा

एमालेद्वारा निश्कासित अध्यक्ष दम्पत्ति काँग्रेसमा

नेकपा एमालेले कारवाही गरेका एक जना गाउँपालिका कमिटीका पूर्वअध्यक्षले नेपाली काँग्रेस रोजेका छन् । गत स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार दिएका उनलाई पार्टीले कारवाही गरेपछि उनले उक्त निर्णय लिएका हुन् ।

निर्वाचनमा बागी उम्मेदवारी दिएपछि पार्टीले ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटी अध्यक्षलाई निष्कासन गरेको थियो । कमिटीका पूर्व अध्यक्ष खेम मिश्र र श्रीमती कविता मिश्रले अहिले नेपाली काँग्रेस रोजेको बताइन्छ ।

स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वले दोहोरो भूमिका निभाएको भन्दै मिश्रले बागी उम्मेदवारी दिएका थिए । सामान्य विमती राख्नेहरुमाथि पार्टी खनिएपछि धेरै जनाले पार्टी सदस्यता छाड्ने निर्णय गरेको मिश्र निकटस्थहरुले बताएका छन् ।

टिप्पणीहरू