संसद भवन नजिकैको मोबाइल लुटपाटमा अर्याल र श्रेष्ठको संलग्नता

संसद भवन नजिकैको मोबाइल लुटपाटमा अर्याल र श्रेष्ठको संलग्नता

काठमाडौँमा मोबाइल लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन् । नयाँ बानेश्वर चोक नजिकैको आकाशेपुल अगाडि श्रीनगर फेन्सी कपडा पसल र पुनम अधिकारीको साथमा रहेको मोबाईल लुटपाट गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका, ५ घर भई महाबौद्ध बस्ने बिक्की अर्याल र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ४ घर भई बागबजार बस्ने राम श्रेष्ठ हुन् ।

गत शुक्रबार अर्यालले काठमाडौँका विभिन्न स्थानमा मोबाइल लुटपाट गरेर भागेका थिए । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसरी लुटपाट गरिएका मोबाइल अर्यालले श्रेष्ठलाई बेच्ने गरेको खुलेको छ ।

लुटपाट गरिएको मोबाइल श्रेष्ठले जानाजान खरिद गरेको पुष्टि भएपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको हो । श्रेष्ठको साथबाट नौ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू